स्वास्थ्य चौकीमा टुकीको भरमा बिरामीको उपचार

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७९, बुधबार

हुम्लाः विद्युत सेवा अवरुद्ध हुँदा हुम्लाको सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी एक सातायता टुकीको भरमा बिरामीको उपचार गर्न बाध्य छन्।

स्वास्थ्य चौकीकी वरिष्ठ अनमी रमिता रोकायाले एक सातायता विद्युत नहुँदा रातिको समयमा विशेषगरी सुत्केरी र अन्य इमर्जेन्सीका बिरामीको उपचार टुकीको भरमा गर्नुपरेको बताउनुभयो ।

एक साताअघिबाट हिल्दुम विद्युत वितरण केन्द्रको विद्युत सेवा बन्द भएपछि स्वास्थ्य चौकीमा बिरामीको उपचारमा समस्या भएको उहाँको भनाइ छ।

  • २६ आश्विन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech