सुदूरपश्चिममा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७७, बुधबार

धनगढी १७, भदौ ।
सुदूरपश्चिम प्रदेशमा बुधबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालमा गरि ८ सय ८० नमुना परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको हो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनगढीका ९ जना सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४ सय ९० जनाको स्वाव परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ।  धनगढी उपमहानगरपालिका ५ का ६ महिला र २ पुरुष गरि ८ जना, धनगगढी ४ का एक पुरुष, कैलालीकै घोडाघोडीका २ महिला र ३ पुरुष गरि ५ जना, लम्की चुहा ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ। यसैगरी कंचनपुरको भिमदत्त १८ का एक पुरुष र दुर्गाथली गाउँपालिका बझाङका ४ महिला र ५ पुरुष गरि ९ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ।

बुधबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङ जिल्लाका ९ जना सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त प्रयोगशालामा २ शय ९० जनाको परिक्षण गरिएकोमा बझाङको दुर्गाथली गाउपालिकाका ३ जना, मष्टा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका २ जना, तल्कोट गाउँपालिकाका १ जना र डडेल्धुराको अमरगढी नगरपालिकाको एक जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ।

यसैगरी जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षमण अछामको रामारोशन गाउपालिकाका १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ। एक सय नमुनाको परिक्षण गरिए पनि रामारोशन गाउँपालिकाका एक जनामा मात्र संक्रमण देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ६६ पुगेको छ। संक्रमण पुष्टि भएका झण्डै पाँच हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जना संक्रमितको मृत्यु भइसकेको छ।

 

  • १७ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech