नेपालगन्ज : संस्कृतिविद् एवम वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक हुँदै गएको छ ।
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उहाँको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।
‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भन्नु भएको छ ।
गत २३ असोजदेखि जोशीको छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको बज्राचार्यले जानकारी दिनुभएको छ।
मुटुको चालमा समेत समस्या देखिएका उहाँलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।