नेपालगन्ज: २०७४ सालमा एमालेका घनश्याम भुसालसँग पराजित भएका राप्रपाका दीपक बोहोराले एमालेकै समर्थनमा रुपन्देही–३ मा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
पूर्व स्वास्थ्यमन्त्री बोहरले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
यसपटक एमालेले भुसालको टिकट खोसेर राप्रपाका बोहोरालाई तालमेल गर्दै टिकट दिएको थियो। भुसालले शनिबार एमाले परित्याग गरिसक्नु भएको छ ।
उक्त क्षेत्रमा प्रतिनिधि सभामा राप्रपा, प्रदेश सभामा जनता समाजवादी पार्टी र एमालेले पाउनेगरी तालमेल गरेका छन्।
प्रदेश सभा (क) मा जसपा नेता महेन्द्र यादव र (ख) मा नेकपा एमालेका नेता तुलसी चौधरीले मनोनयन दर्ता गर्नु भएको छ ।
उहाँलाई एमाले र जनता समाजवादी पार्टीले सहयोग गर्ने छ। उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसले उम्मेदवारी पाएको छ।