नेपालगन्ज: डाक्टर फिरदोस आलम रौतहट २ मा प्रतिनिधि सभाको उम्मेदवार बन्नु भएको छ ।
उहाँलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले उम्मेदवारको टिकट दिएको हो।
डा आलम इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका कांग्रेस नेता अफताव आलमका छोरा हुनु हुन्छ ।
रौतहट कांग्रेसले यो क्षेत्रबाट अफतावको नाम सिफारिस गरेको थियो। तर, त्यसको चौतर्फी विरोध भएपछि कांग्रेसले उहाँका छोरालाई अघि सारेको हो।
आलमको गृहनगरमा गत स्थानीय तह निर्वाचनमा पनि आलमकै अर्का छोरा कांग्रेसबाट मेयर निर्वाचित हुनु भएको थियो ।
डा आलम नेपाल प्रहरी अस्पतालमा कार्यरत रहनु भएको थियो। उहाँले यसअघि नै राजीनामा दिइसक्नु भएको छ ।