कौसिल्या अस्पतालमा भोलि प्रेसर र सुगर सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७९, बुधबार

नेपालगन्जः विश्व मुटु रोग दिवसको अवसरमा बाँकेको कोहलपुरस्थित कौसिल्या अस्पतालले प्रेसर र सुगर सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा दिने भएको छ ।

यसपालिको विश्व मुटु रोग दिवस भोलि विहीबार मनाइदैछ । अस्पतालले भोलि प्रेसर र सुगर सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा दिन लागेको अस्पतालका निर्देशक राम न्यौपानेले बताउनुभयो ।

मुटु स्वास्थ्यबारे पूर्व जानकारी दिने र सचेतना फैलाउने उद्देश्यले प्रेसर र सुगर सम्बन्धी एक दिने निःशुल्क विशेषज्ञ परामर्श सेवा दिन लागिएको न्यौपानेको भनाइ छ ।

अस्पतालले यसअघि पनि यस्ता दिवसहरुमा विभिन्न खाले स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । एक साता अघि पनि अस्पतालले प्रसूति तथा स्त्री रोग सम्वन्धी ८ दिनसम्म निुल्शक चेकजाँच र परामर्श शिविर राखेको थियो ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत सम्झेर बेला बखत विभिन्न रोगहरुको बारेमा उपचार, निदान र परामर्शका कार्यक्रमहरु राख्ने गरिएको पनि न्यौपानेले बताउनुभएको छ ।

  • १२ आश्विन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech