नेपालगन्ज: स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ ।
वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । भोलि (बुधबार) फेरि वार्ता गर्ने गरी आजको छलफल सकिएको छ ।
९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको उहाँ उपचाररत सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालले स्वास्थ्यमा थप जटिलता हुन सक्ने बताए पछि उहाँलाई लिन नेपाली सेनाको स्काइ ट्रक धनगढीमा गएको थियो । तर उहाँले माग पूरा नभएसम्म धनगढी नछाड्ने अडान राखेपछि स्काइ ट्रक फर्केको छ।