अनशनरत डा केसीमा कडा खालको अल्सरको लक्षण देखियो: सेती प्रादेशिक अस्पताल

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७९, मंगलवार

धनगढीः स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा। गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।

उहाँ उपचाररत सेती प्रादेशिक अस्पतालले उहाँको स्वास्थ्यमा थप जटिलता हु सक्ने चेतावनी पनि दिएको छ ।

केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ ।

अस्पतालले केसीको स्वास्थ्यबारे राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम, प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली र संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको बताएको छ ।

धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको छ ।

अस्पतालको विज्ञप्ति

  • ४ आश्विन २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech