कोरोनाबाट चार बर्षिया बालिका सहित आज सात जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार

तस्विरः फाइल

काठमाडौं १५, भदौ । 
कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍व गौतमका अनुसार देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

मृत्यु हुनेमा तीन महिला र चार पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार महोत्तरीमा ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको छ ।

त्यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • १५ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech