ललितादेवीले तिम्ल्याहा सन्तान जन्माइन

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७९, आईतवार

नेपालगन्ज: पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् ।

उनको कोखबाट एकै पटक तीन वटा छोराको जन्म भएको छ ।
पर्साको पर्सागढी नगरपलिका वडा नं. ९ बस्ने ललितादेवी थरुनीले तीन सन्तानलाई जन्म दिनु भएको छ ।

बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ ।

प्रभु हस्प्टिलको सञ्चालिका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, एनेस्थेसिया तर्फका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झाको टिमले शल्यक्रिया गरेर बच्चा निकालेको थियो ।

आमा तथा तीनवटै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर थापाले जानकारी दिनु भयो ।

  • २६ भाद्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech