न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल प्रथम

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७९, शनिबार

नेपालगन्जः न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नेपालकै प्रथम भएको छ ।

नेपालभरिका सेकेन्डरी बी अर्थात प्रादेशिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको हो ।

अघिल्लो वर्षको ७४ प्रतिशत ल्याएर प्रथम भएको अस्पतालले अहिले ८० प्रतिशत ल्याएर फेरि प्रथम भएको अस्पतालका मेसु डा। इन्द्र ढकालले बताउनुभयो ।

अस्पताले दिने सेवा, गुणस्तर, सेवाग्राहीको सन्तुष्टि लगायतका आधारमा अस्पतालको न्यूनतम मापदण्ड मूल्यांकन गर्ने गरिन्छ ।

 

विसं १९ सय ६७ सालमा ६ बेडबाट सुरु भएको अस्पतालमा अहिले १ हजार २ सय बेड पुर्‍याइएको छ । ४० आईसीयु, ४९ सुविधा सम्पन्न क्याबिन र ५० बेडको मेडिकल वार्डमा विस्तार भएको छ ।

अस्पतालमा लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी जिल्लाबाट समेत उपचारका लागि दैनिक एक हजार २ सय बिरामी आउने गरेका छन् । बिरामीको सुविधाका लागि बस्ने, सुत्ने, कुर्नेदेखि परीक्षण गराउने स्थल र उपकरण सुधारिएका छन् ।

अस्पताल परिसरभित्र सफा र स्वच्छ खानेपानी र शौचालयहरु बनेका छन् । प्रदेश सरकारले विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न भन्दै प्रदेश गौरवको आयोजना अन्तर्गत अस्पतालको प्रारम्भ्कि गुरुयोजना निर्माण गरेको छ ।

अस्पतालका अनुसार यहाँ एक वर्षमा ३ लाख ४ हजार ७ सय २५ जनाले उपचार गराएका छन् । जनरल ९ओपीडी० इएचएस र बिमाबाट २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन् । आकस्मिक कक्षमा ५३ हजार ६ सय ६५ जनाले उपचार गराएका अस्पतालका छन् ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech