स्वास्थ्य मन्त्रालयद्धारा एघारौं तहका ८ जना निर्देशकको सरूवा तथा पदस्थापन

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७९, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ।

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका ८ जना अधिकृतको सरुवा गर्नुभएको हो।

मन्त्री खापुङले प्रसूति गृह अस्पतालको निर्देशकको जिम्मेवारी डा पवनजंग रायमाझीलाई दिनुभएको छ । रायमाझी यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक हुनुहुन्थ्यो ।

यस्तै भरतपुर अस्पतालको मेसुमा डा विश्वबन्दु बगालेलाई पठाइएको छ। यसअघि उहाँ हेटौंडास्थित कटजन्य रोग अनुसन्धान प्रयोगशालामा हुनुहुन्थ्यो ।

यस्तै सार्क क्षयरोग केन्द्रमा रहेका डा अनुप बास्तोलालाई उपचारात्मक महाशाखाको निर्देशक बनाइएको छ। सार्क क्षयरोग केन्द्रमा भने यशोदा अर्यालको पदस्थापन गरिएको छ।

यस्तै राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रमा विजयकुमार झालाई ल्याइएको छ। उहाँ मधेश प्रदेश स्वास्थ्य निर्देशनालयमा हुनुहुन्थयो । त्यहाँका निर्देशक सुनिल शर्मालाई प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा पठाइएको छ।

निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता भएको छ। उहाँ लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा जानु पर्नेछ। किटजन्य रोग प्रयोगशालामा भने केशव पण्डितलाई नै फर्काइएको छ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech