नेपालगन्जमा उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाको सम्मान

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७९, बुधबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले गत आर्थिकवर्ष २०७८÷७९ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरि गुणस्तरीय सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य सस्थालाई सम्मान गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुको सहभागिता सम्पन्न गत आवको बार्षिक प्रगति समीक्षा गोष्ठीमा सर्बोत्कृष्ट हुने नेपालगन्ज १३ स्थित उदयपुर स्वास्थ्य चौकी, द्धितिय हुने नेपालगञ्ज १४ स्थित भवानियापुर स्वास्थ्य चौकी र तेश्रो हुने नेपालगञ्ज २३ स्थित सहरी स्वास्थ्य क्लिनिकलाई सम्मान गरिएको हो ।

नगर प्रमुख विष्ट र उपप्रमुख राईले आम नगरबासीले बिश्वास गनेृ गरि सेवा प्रवाह गर्न सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई आग्रह गर्नुभयो । गोष्ठीमा नेपालगन्ज उप महानगरपालिका मातहत संचालित २३ वटैं स्वास्थ्य संस्थाले गत आवको प्रतिवेदन पेश गरेका थिए ।

सोमबार र मंगलबार भएको समीक्षामा स्वास्थ्यकर्मीसँगै सम्वद्ध वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधीहरुको समेत सहभागिता थियो । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्दले गोष्ठीमा नगरको स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न सुझाव प्राप्त भएको भन्दै गतवर्षका त्रुटी सच्चाएर आगामी दिनमा उच्च मनोबलका साथ स्वास्थ्यकर्मीहरु कार्यक्षेत्रमा खटिने बताउनुभयो ।

गोष्ठीको समापनमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष कौशलकुमार धोवीले नगरभित्रका स्वास्थ्य संस्थाले उत्कृष्ट सेवा प्रवाह गरि जनताको मन जित्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सहयोग कार्यपालिकाले उपलब्ध गराउने बताउनुभयो । स्वास्थ्य संस्थामा औषधीको प्रर्याप्तता र बर्थिङ सेन्टरमा सेवा सुधारका पहल गर्न उहाँले महाशाखाको ध्यानाकर्षण गराउनुभयो

 

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech