डा करण साहमाथि झुटा मुद्दा लगाइएको भन्दै चिकित्सक आन्दोलित

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७९, मंगलवार

नेपालगन्जः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका चिकित्सक आन्दोलित भएका छन्। उनीहरुले आजदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द गरेका छन् । जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका हुन् ।

‘डा करणमाथी भएको हमलाको सीसीटीभी फुटेजमा प्रष्टसंग देखिएको अवस्थामा समेत इमर्जेन्सीमा नगरिने टाका काट्ने कार्य नभएको भनि अनर्गल प्रचार गरी बाल अधिकार सम्बन्धी झुटा मुद्दा दायर भई पक्राउ पूर्जी जारी भएको घटनाले हामी अत्यन्त मर्माहत भएका छौ।’ प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले विज्ञप्तिमार्फत भनेका छन्–‘डा करणमाथि लगाएको झुटा मुद्दा फिर्ता लिई दोषीमाथि कडा भन्दा कडा कारवाही नभएसम्म इमर्जेन्सी बाहेकका अन्य कुनै पनि सेवामा संग्लग्न हुन नसक्ने जानकारी गराउदछौ।’

गत भाद्र २ गते डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गराउनुभएको थियो ।

जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको छ।

 

  • २१ भाद्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech