एकवर्षमा देखिने गरी सुधार ल्याउन स्वास्थ्यकर्मीलाई नगर प्रमुख विष्टको आग्रह

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७९, सोमबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आम नागरबासीले बिश्वास जित्ने गरी सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै नगर प्रमुख विष्टले एकवर्षभित्रमा देखिने गरी सरकारी स्वास्थ्य संस्थाहरुमा सुधार हुनुपर्ने वताउनुभयो ।

सरकारी स्वास्थ्य संस्थाहरुको सेवा सुविधा आम नगरबासीको बिश्वास जित्ने गरी सुधार र विस्तार गर्नु पर्ने भन्दै विष्टले स्वास्थ्य र शिक्षालाई आफुले प्राथमिकता दिएको वताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनीता पौडेलले नगर क्षेत्रििभत्र स्वास्थ्य सूचक सुधारमा ध्यान दिन आग्रह गर्नुभयो । नगर स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर थापाले गत आवको समीक्षा गर्दै राम्रो काम चालु आवमा अनुशरण गर्ने र त्रुटीहरु सुधार गरेर अघि बढ्न समीा गोष्ठी फलदायी हुने वताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत २३ वटा स्वास्थ्य संस्था रहेका छन् । गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत समेत गरिने भएको छ ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech