‘कोभिड भएर भेरी अस्पततालमा भर्ना भएका अधिकांश खोप नलगाएकाहरु’

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०७९, सोमबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा आज थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा ५ र जमुनाह नाकामा १ जना गरी ६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका मध्य ेबाँकेका तीन छन् । अन्य तीन जना जिल्ला बाहिरका हुन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २ सय ७७ पुगेको छ ।

यस्तै आज थप ६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २० हजार ८ सय ४३ पुगेको छ ।

जिल्लामा कूल सक्रिय संक्रमितको संख्या ८१ रहेको फोकलपर्सन वलीले बताउनुभयो ।

भेरी अस्पतालको कोभिड वार्डमा ५ जना उपचारत रहेका छन् । उनीहरु अधिकांशले कोभिड विरुद्धको खोप नलगाएको पाइएको पनि वलीले बताउनुभयो ।

  • ३० श्रावण २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech