बाँकेमा ८४ सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७९, आईतवार

नेपालगन्जः बाँकेमा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जमुनाह नाकामा २ र राप्तीसोनारी गाउँपालिकामा एक गरी तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका मध्य एक जना महिला र दुई जना पुरुष छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २ सय ७४ पुगेको छ ।

यस्तै आज थप ७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २० हजार ८ सय ३७ पुगेको छ । जिल्लामा कूल सक्रिय संक्रमितको संख्या ८४ रहेको फोकलपर्सन वलीले बताउनुभयो ।

  • २९ श्रावण २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech