काठमाडौं: देशभर आज थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परिक्षणमा १६२ र एज्टिजेन विधिबाट गरिएको परिक्षणमा १०१ गरि कुल २६३ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
गएको २४ घण्टामा १ हजार ३९९ जनाको पीसीआर परिक्षण र १ हजार ७६६ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । मन्त्रालयका अनुसार गत २४ घण्टामा ५०१ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
संक्रमणका कारण गएको २४ घण्टामा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । अहिले देशभर ५ हजार ४३४ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।