भदौ ५ गतेदेखि ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप लगाइँदै

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७९, शुक्रबार

काठमाडौं: सरकारले दोस्रो चरणमा देशका विभिन्न ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौं ५ गतेदेखि भदौं ११ गतेसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो खोपको मात्रा दिइने छ । त्यस्तै भदौ २७ देखि असोज १ गतेसम्म खोपको दोस्रो दिने कार्यक्रम तय गरिएको छ ।

लुम्बिनी प्रदेशका कपिलबस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुममा यो कार्यक्रम सुरु हुनेछ । त्यस्तै कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, मुगु र जाजरकोटमा भदौं ५ गतेदेखि भदौं ११ गतेसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो खोपको मात्रा दिइने छ ।

मन्त्रालयले कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउन भनेको छ।

  • २७ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech