एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७९, सोमबार

नेपालगन्ज: नेपालमा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन्।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ।

 

  • १६ श्रावण २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech