बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७९, आईतवार

नेपालगन्जः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त हुनुभएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको पुष्टि गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारको जिम्मवारी दिनुभएको हो ।

प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी विवादमा परेपछि राजीनामा दिनुभएको थियो ।

उहाँको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै त्यसयता रजिष्ट्रार पद रिक्त थियो । संग्रौला नेपाली कांग्रेसका नेता डिला संग्रौलाका श्रीमान हुनुहुन्छ ।

यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा जगतप्रसाद नियुक्त हुनुभएको छ । प्रतिष्ठान सिनेट सदस्यमा डा ज्ञानेन्द्र मल्ल र डा स्मृति कार्की पनि मनोनित भएको मन्त्रालयले जनाएको छ ।

  • १५ श्रावण २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech