बाँकेमा आज थप चार जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७९, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा विहीबार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ६ जनाको पीसीआर परीक्षण गर्दा ३ र जमुनाहा नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

योसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५८ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । जसमध्ये २० हजार ७४६ जना निको भइसकेका छन् ।

बिहीवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ५८ रहेको फोकलपर्सन वलीले जानकारी दिनुभयो । संक्रमित सबै जनाले होमआइसोलेसनामा स्वास्थ्य लाभ गरिरहेका छन् ।

पछिल्लो केही दिन देखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गर्दै आएका छन् ।

  • १२ श्रावण २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech