बाँकेमा आज थप तीन जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५७ पुग्यो

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७९, बुधबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा १६ जनाको पीसीआर परीक्षण गर्दा २ र जमुनाह नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५४ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

अहिलेसम्म २० हजार ७४३ जना निको भइसकेका छन् । कोरोनाबाट बाँकेमा ३५४ जनाको मृत्यु भएको छ । आजसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ५७ रहेको पनि फोकलपर्सन वलीले जानकारी दिनुभयो ।

अधिकांशले होमआइसोलेसनामा स्वास्थ्य लाभ गरिरहेका छन् ।

पछिल्लो केही दिन देखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गर्दै आएका छन् ।

  • ११ श्रावण २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech