विद्यार्थीहरूलाई ज्वरो आएपछि दाङका निजी विद्यालय बन्द

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७९, मंगलवार

नेपालगन्जः दाङको घोराही क्षेत्रका निजी विद्यालय मंगलबारदेखि चार दिन बिदा गरिएका छन्।

भाइरल ज्वोरोले विद्यार्थी बिरामी हुने क्रम बढेपछि निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो।

निजी विद्यालयहरूको छाता संगठन प्याब्सन घोराहीले विज्ञप्ति जारी गर्दै विद्यालय चार दिन बिदा गर्ने निर्णय गरेको हो।

प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दले पछिल्लो समय भाइरल ज्वरोबाट विद्यार्थी बिरामी हुन थालेकोले विद्यालय बन्द गर्नुपरेको बताउनुभयो ।

  • १० श्रावण २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech