कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, थप एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ श्रावण २०७९, सोमबार

नेपालगन्जः नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५७ पुगेको छ।

सोमबार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ५३४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ३ हजार ८४ पीसीआर तथा १ हजार ७१६ एन्टिजेन परीक्षण भएको छ।

  • ९ श्रावण २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech