नेपालगन्जः नेपालमा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५३ पुगेको छ।
आइतबार ५९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ४३९ जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा १ हजार ४७३ पीसीआर तथा १ हजार ५६८ एन्टिजेन परीक्षण भएको छ।