नेपालगन्जः भेरी अस्पताल नेपालगन्ज विरुद्ध परेका पाँच वटा रिट उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले खारेज गरिदिएको छ ।
अदालतका न्यायधिश डा रत्न बहादुर बागचन र बामदेव ज्ञवालीको संयुक्त इजलासले रिटहरु खारेज गर्ने निर्णय गरेको अस्पतालका तर्फबाट वहस गर्नुभएका अधिवक्ता विश्वजित तिवारीले जानकारी दिनुभयो । अदालतको आदेशपछि अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पताल सौन्दर्यकरणका लागि बाटो खुलेको प्रतिक्रिया दिनुभयो ।
अस्पतालले सौन्दर्यकरणका लागि भन्दै अस्पतालको स्वामित्वमा रहेको सटर तथा भवनहरु भत्काउन पत्रकार गरेपछि अस्पताल विरुद्ध रिट परेको थियो ।
निजी व्यवसायीहरुलाई भाडामा दिइएको सटर अस्पतालले समय दिएर भत्काएपनि रेडक्रस बाँकेद्धारा संचालित क्षेत्रीय रक्तसंचार केन्द्र र केन्द्रद्धारा निर्मित सटरमा व्यवसाय संचालन गर्ने व्यवसायीले चिकित्सक संघ भेरी अस्पतालको कदम विरुद्ध रिट दायर गरेका थिए ।
रेडक्रसले २ वटा, रेडक्रसले बनाएको सटरमा बस्ने व्यवसायीले १ र चिकित्सक संघ भेरीले दुई वटा रिट दायर गरेका थिए ।