नेपालगन्जः बाँकेको कोहलपुर नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । ११ औं नगरसभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम र उपप्रमुख संगीता सुवेदीले बजेट प्रस्तुत गर्नुभएको हो ।
कोहलपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सिकलसेल एनिमिया सम्बन्धी पाठ्यपुस्तक तयार गरी लागु गर्ने उल्लेख गरिएको छ । पश्चिम नेपालका थारु समुदायमा सिकलसेलको अवस्था भयावह देखिएको छ । कोहलपुरमा पनि थारु समुदायको बाक्लो बसोबास रहेको छ ।
पालिकाका थारु समुदायमा गरिएको स्क्रिनिङमा करिव १५ प्रतिशतमा बंशानुगत सिकलसेल रोग फेला परेको छ । थारु समुदायलगायत अन्य समुदायमा पनि देखिएको सिकलसेल रोग न्यूनिकरणका लागि बालबालिकालाई सचेत पार्न जरुरी छ ।
त्यही भएर नगरपालिकाले नीति तथा कार्यक्रममा सिकलसेल एनिमिया सम्बन्धी पाठ्यपुस्तक निर्माण गरी लागु गर्ने बिषयलाई समेटेको हो । यस्तै सिकलसेल एनिमिया तथा थालेसेमियाको स्क्रिनिङ पछि बिरामी र बहाकहरुको व्यवस्थापन गर्न नगरक्षेत्रमा रहेका विशेषज्ञहरुको समन्वयमा आवश्यक कार्यक्रम संचालन गरिने छ । सिकलसेल ल्याव संचालन सुधारमा ल्याउने भएको छ ।
यस्ता छन् नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय