अव नेपालगन्ज उपमहानगरपालिकाको आफ्नै अस्पताल : चन्द

    • स्वास्थ्य पेज

  • ४ असार २०७९, शनिबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले आफ्नै अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । एक पालिका एक अस्पताल बनाउने सरकारको नीति अनुसार नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्वर २० मा पन्ध्र शैयाको अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढेको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

त्यसका लागि जग्गाको टुंगो लागिसकेको छ । रामजानकी शिव मन्दिरले करिव १५ कट्टा जग्गा उपलब्ध गराएपछि उपमहानगरपालिकाले आफ्नो अस्पताल बनाउने तयारी अगाडि बढाएको हो । एयरपोर्ट पनि नजिकै भएको र जनसंख्या पनि धेरै भएकाले वडा नम्वर २० मा अस्पताल बनाउन लागिएको चन्दको भनाइ छ ।

अस्पताल निर्माणका लागि डिपिआरको प्रक्रिया अगाडि बढाउने तयारी सुरु गरिएको छ । ‘सकेसम्म यही आर्थिक वर्षमै यसलाई गति दिने तयारीमा छौं चन्दले भन्नुभयो–‘विशेषज्ञ चिकित्सकसहितको आफ्नै अस्पताल स्थापना भएपछि विपन्न तथा आर्थिक स्तर कमजोर भएका विरामीले लाभ लिने छन् ।’

 

  • ४ असार २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech