मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ठरोग पुष्टि

    • स्वास्थ्य पेज

  • ३ असार २०७९, शुक्रबार

नेपालगन्जः मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल  भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ ‘विभिन्‍न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ट रोगको जीवाणु भेटिएको हुँदा २६ वर्षको उक्त पुरुषमा कुष्ठरोग पुष्टि भएको छ ।

हेर्नुस् मन्त्रालयको विज्ञप्ति 

  • ३ असार २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech