सोनपुरमा एकै परिवारका तीनसहित चार जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७९, बिहीबार

नेपालगन्जः बाँकेको खजुरा गाउँपालिका–७ सोनपुरमा एकैपरिवारका तीन सहित चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन मानव नेपालीका अनुसार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत कोभिड–१९ कोभिड –१९ निःशूल्क एन्टिजेन परीक्षण शिविरमा संक्रमित फेला परेका हुन् ।

यसअघि खजुरामा ३१ जनाको एन्टिजेन जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । स्वास्थ्य कार्यालयले जिल्लामा कोभिडको अवस्था थाहा पाउन र यसबारेमा आम नागरिकलाई जानकारी गराउन यो अभियान सुरु गरेको हो ।

कोभिडविरुद्धको खोप कम लगाएका पालिकाहरुमा स्वास्थ्य कार्यालयले शिविर अभियान सुरु गरेको नेपालीले बताउनुभयो ।

उहाँका अनुसार बाँकेका खजुरा, बैजनाथ, कोहलपुर, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा शिविर गर्ने जनाएको छ ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech