मेडिकल कलेजमा चिकित्सकहरुको आन्दोलन कायमै, आधा दिनको काम छाडे

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०७९, मंगलवार

नेपालगन्जः चार महिना देखि मासिक तलव नपाएको भन्दै आन्दोलनरत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् । चार महिनादेखि मासिक तलव र करिव एक वर्षदेखि प्रोत्साहन भत्ता नपाएको चिकित्सकहरुको गुनासो छ ।

गएको विहीबार अस्पताल प्रशासन अगाडि हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना बस्दै आएका उनीहरुले आन्दोलनलाई थप सशक्त पार्दै ओपिडी सेवा पनि आंशिकरुपमा बन्द गरेका छन् । व्यवस्थापन पक्षले आफ्नो माग सम्वोधनमा चासो नदिएको भन्दै उनीहरुले आधा दिनको काम छाडेका हुन् ।

नेपालगन्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा चिकित्सकहरु आन्दोलनमा उत्रिएको परिषद्का अध्यक्षमा डा विनोद महासेठले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजमा ११४ जना चिकित्सक छन् ।

अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिलेपनि अस्पतालमा परिरहेकाले समयमा तलवभत्ता दिन नसकिएको बताउनुभयो ।

  • १७ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech