नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७९, आईतवार

नेपालगन्जः नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो ।

दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्य अनुसार घटाउन सफल भएको देखिएको छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालु आवको फागुनसम्मको उपलब्धिको अनुपातले यस आवको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने प्रारम्भिक अनुमान देखिएको सर्वेक्षणमा जनाइएको छ ।

पूर्णरुपमा सबै प्रकारका खोप लगाएका बालबालिका ५९ दशमलव ७ प्रतिशत रहेका छन् । यस्तै स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ५२ दशमलव ७ प्रतिशत रहेको छ । नवजात शिशु मृत्युदर ९प्रति एक हजार जीवित जन्ममा, जन्मेको २८ दिनभित्र० १६, शिशु मृत्युदर ९प्रति एक हजार जीवित जन्ममा, जन्मेको एक वर्षभित्र०मा २५, पाँच वर्षमुनिको बाल मृत्युदर ९प्रति एक हजारमा० २८ जना तथा कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला ५० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिला ४९ दशमलव ५ प्रतिशत रहेका छन् ।

चालु आर्थिक वर्षमा कूल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ७९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०७७र७८ को तुलनामा यस आवमा स्वास्थ्य क्षेत्रको कूल मूल्य अभिवृद्धि ६ दशमलव ९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको सर्वेक्षणमा जनाइएको छ ।

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech