चिकित्सकलाई प्रश्नः रेबिज लागेको बाख्राको मासु खाए खोप लिनुपर्छ ?

    • स्वास्थ्य पेज

  • ७ जेष्ठ २०७९, शनिबार

नेपालगन्जः रेबिज लागेपछि मानिसको मृत्यु हुने लगभग निश्चित छ । त्यसैले जनावरले टोकेमा घाइते मानिसहरु रेबिज रोग बारे परामर्श लिन दैनिक जस्तो यस अस्पतालमा आउने गरेका छन् ।

तर, विहीबार बाँकेको कोहलपुरस्थित भरैयामा रेविज रोगबाट ग्रस्त बाख्रो मारेर स्थानीयले मासु खाए । गाउँका ३९ जनाले मासु खाएको खुलेको छ । मासु खाइसकेपछि मात्रै बाख्रामा रेविज रोग लागेको थाहा पाएका स्थानीय अहिले भने त्रसित छन् ।

रेविज रोग फैलिएको बाख्राको मासु खाँदा के हुन्छ ? यही प्रश्न हामीले भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेलाई सोधेका थियौं ।

उहाँले बताएअनुसार यसले खासै असर गर्दैन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको रेविज रोग सम्वन्धी नेशनल गाइडलाइन सन २०१९ मा भने रेविज रोग लागेको मासु खाएमा केहि पनि समस्या नहुने उल्लेख गरिएको छ ।

गाइड लाइनमा यस्तो भनेपनि र्‍याल आँखा, शरीरका घाउँमा, वा मुखमा परेमा भने खोप लिनु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

रेबिज लागेको जनावर जस्तै बाख्रा, भैसी, राँगाको मासु थाहा नपाएर खाए खोप लिनु पर्छ ?

मासु पकाएर खाने भएकोले खोप लिन नपर्ने चिकित्सकहरु बताउँछन् । यस्तै रेबिज रोग लागेको गाई वा भैसीको दुध थाहा नपाएर खाइयो भने रेबिज बिरुद्धको खोप लगाउनु पर्छ ?

हालसम्म रेबिज रोग लागेको जनावरको दुध खाएर रेबिज रोग लागेको प्रमाण छैन र बिश्व स्वस्थ संगठनका अनुसार पनि त्यस्तो स्थितिमा खोप लिनु नपर्ने भनेर गाइडलाइनमा भनिएको छ ।

 

  • ७ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech