नेपालगन्जः स्वास्थ्य कार्यालय, बाँकेमा रहि स्वास्थ्यका लागि सक्षम प्रणाली (एसएसविएच)का कार्यक्रम अधिकृत रामहरी अधिकारीको यौन अश्लिल हर्कत बाहिरिएको छ ।
विगत दुई वर्षदेखि बाँके जिल्लामा स्वास्थ्य कार्यालयमा रहेर सुशासन तथा स्वास्थ्य योजना क्षेत्रमा प्राविधिक सहयोगका लागि खटिएको भएता पनि अधिकारीले हरेक कार्यक्रमहरुमा महिलाहरुमाथि दुब्यवहार तथा हिंसा गर्ने गरेको स्रोतले बताएको छ ।
कार्यक्रम अधिकृत अधिकारीले कार्यक्रममा सहभागी महिलाको नम्वर माग्ने, फेसबुकमा साथी बनाउने र रातीराती यौन प्रस्तावका लागि महिलाहरुलाई दवाव दिने गरेको अडियो टेप स्वास्थ्य पेजलाई प्राप्त भएको छ ।
अधिकारीले फरकफरक महिलासँग आफ्नो यौन हर्कत प्रर्दशन गरेका छन् । कतिपय महिलालाई उनले अश्लिल शब्दमै यौन प्यास मेटाउन अपिल गरेका छन् ।
महिला माथि दुब्र्यवहार गरिएको फरकफरक अडियो टेपमा उनले यौन प्यासका लागि आफु छटपटिएर याकुलव्याकुल भएको भनेका छन् ।
स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने नाममा गैरसरकारी संस्थामा आवद्ध अधिकृत अधिकारीको यौन दुव्र्यवहारले महिलाहरु तनावमा परेका छन् । अधिकारीकै कारण आफुहरु लामो समयदेखि मानसिकरुपमा विक्षिप्त बनेको स्रोतले स्वास्थ्य पेजलाई बताएको छ ।
महिला हिंसा विरुद्धको क्षेत्रमा समेत काम गर्ने स्वास्थ्यका लागी सक्षम प्रणालीका अधिकृतबाटै भएको यस्तो हर्कतले संस्थालाई नै उदांगो बनाइदिएको छ ।
अधिृकत अधिकारीले आफुले गलत मनसायले महिलामाथि यौन दुव्र्यवहार नगरेको दावी गरेका छन् । स्वास्थ्य पेजसँगको कुराकानीमा अधिकारीले आफुबाट गल्ती भएको स्विकार गरेका छन । ‘मेरो गलत मनसाय होइन उनले स्वास्थ्य पेजसँग भने-‘गल्ती भए माफी माग्छु ।’
उनले महिलाहरुलाई जवरजस्त यौन सम्बन्धका लागि दवाव दिएको अडियो टेपमा स्पष्ट सुन्न सकिन्छ । यहाँसम्मकी उनले आफु उत्तेजनाले खप्ने नसक्नेसम्मको अभिव्यक्ति दिएका छन् । कतिपय शब्द उल्लेख नगर्ने खालकै अश्लिल छन् ।
यौन दुव्र्यवहार र यौन हिंसाका लागि उद्धत देखिएका अधिकृत अधिकारीमाथि छानवीन र कारवाही गर्न पीडितहरुको आग्रह छ ।