नेपालगन्जः देशव्यापी रुपमा बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ।
स्वास्थ्य मन्त्रालले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ महिना ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधी खुवाइने जानकारी दिएको हो ।
उमेर पुगेको बालबालिकालाई नजिकैको वितरक केन्द्रमा लगी नछुटाइ भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ।