केरा कतिको खानुहुन्छ ? यस्ता छन केरा खानुका फाइदा !

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०७९, सोमबार

विश्वमै सबैभन्दा बढी खाइने फलफूलमा पर्छ केरा। केरा अमेरिकामा स्याउ, सुन्तलाभन्दा बढी खाइनेमा पर्छ। यसमा पोटासियम, फाइबर, म्याग्नेसियम, भिटामिन सि र बी उच्च मात्रामा पाइन्छ। केरा हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिन्छ। विशेषगरी, केराले डिप्रेसन, पाचन प्रक्रिया, मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, ओष्टियोपोरोसिस, अन्धोपना र अन्य थुप्रै प्रकारका रोगबाट बचाउँछ।

मुटु बचाउँछ
केरा मुटुका लागि निकै लाभदायी हो। यसमा पोटासियम तथा प्राकृतिक इलेक्ट्रोलाइट पाइन्छ। इलेक्ट्रोलाइटले शरीरमा विद्युत आवागमन गराउन मद्दत गर्छ, जुन मुटुको धड्कनका लागि आवश्यक हुन्छ। त्यसैले केरा नियमित सेवन गरे फूर्तिलो राख्छ र कार्डियोभास्कुलर प्रणालीलाई रक्षा गर्छ। उच्च रक्तचाप, एथेरोस्केरोसिस तथा हृदयाघातबाट बचाउछ ।

डिप्रेसनमा मुक्ति दिलाउछ
केरा खानाले डिप्रेसनबाट मुक्ति दिलाउनुका साथै महिलामा महिनावारीको समस्याबाट बचाउँछ। यस्तै, केरामा ट्राइप्टोफानको मात्रा उच्च हुन्छ, जुन सेरोटोनिनमा परिवर्तन भई मुडलाई राम्रो बनाउछ। यसमा रहेको भिटामिन बि ६ ले राम्रो निद्रा पर्छ भने म्याग्नेसियमले मांसपेशीलाई लचिलो बनाउछ।

तौल घटाउन सहयोगी
केरा उच्च रेशायुक्त (फाइबर) खाद्यपदार्थ हो। एउटा केराले दैनिक खानाको १० प्रतिशत फाइबर पूर्ति गर्छ। यसमा भएको भिटामिन बि ६ ले टाइप टु डायबिटिजबाट बचाउनुका साथै तौल घटाउन पनि मद्दत गर्छ। यसले बढी श्रम गर्ने मानिसमा ब्लड सुगर कायम राख्न मद्दत गर्छ।

आँखालाई फाइदाजनक
गाँजर आँखाको स्वास्थ्यका लागि लाभकारी हो। त्यस्तै काम गर्छ, केराले पनि। केरामा भिटामिन ए पनि पाइन्छ, जसले आँखाको सुरक्षा गर्छ र रातिको समयमा पनि दृष्टि सुधार्न मद्दत गर्छ। भिटामिन ए ले आँखाको वरिपरी भएका मेम्ब्रेनलाई सुरक्षा प्रदान गर्छ ।

हड्डी मजबूत पार्छ
केरामा रहेको क्याल्सियमले हड्डी मजबूत पार्छ। यसमा रहेको फ्रुक्टोलिगोसाचाराइड्सले शरीरलाइ क्याल्सियम सञ्चित गर्न सक्ने बनाउछ ।

क्यान्सरबाट बचाउछ
अनुसन्धानकर्ताका अनुसार केराको नियमित सेवनले मिर्गौलाको क्यान्सरबाट समेत बचाउँछ । सन् २००५ मा स्वीडेनमा गरिएको एक अध्ययनले फलफूल तथा तरकारी खाने महिलामा मिर्गौलाको क्यान्सर हुने सम्भावना ४० प्रतिशत कम भएको पाइएको थियो। ती महिलाले खाने फलफूलमा केरा मुख्य थियो। यसमा भएका एन्टिअक्सिडेन्टले क्यान्सरबाट बचाउछ ।

स्वास्थ्यमा पार्ने असरहरू
केराले कुनै विशेष साइडइफेक्टस् त गर्दैन । तर, धेरै केरा खाने हो भने यसले टाउको दुख्ने र निद्रा लाग्ने समस्या हुन सक्छ। केरामा भएको ट्राइप्टोफान तत्वले निद्रा लगाउन सक्छ। यस्तै केरा गुलियो फलफूलमा पर्छ। त्यसैले धेरै केरा खाने तर दाँतको हेरविचार नगर्ने हो भने दाँत सड्ने सम्भावना हुन सक्छ। यसमा चिल्लो पदार्थ र प्रोटिन नहुने भएकाले यो आफैंमा स्वस्थकर खाना मानिँदैन। दैनिक बढी केरा खानाले भिटामिन र मिनरल लेभल बढी समस्या निम्त्याउन सक्छ । यसमा पोटासियम पाइन्छ । धेरै पोटासियमयुक्त खाद्यपदार्थ खाने हो भने मांसपेशी कमजोर बन्छ। कहिलेकाही त अस्थायी रुपमा प्यारालाइसिस पनि हुन सक्छ र मुटुको चाल अनियमित हुन सक्छ ।केरा पकाउन आजकाल विषादी प्रयोग गरिने भएकाले खानुअघि केराको बोक्रा राम्ररी पखाल्नुपर्छ ।

केराको बोक्रा कामै नलाग्ने हो त ?
हामी कोही पनि केराको बोक्रा खाँदैंनौं, फाल्छौं । किनभने यो गुदीजस्तै स्वादिलो र गुलियो हुँदैंन। तर,कतिपय एशियाली देशमा केराको बोक्रा खाद्यपदार्थको अभिन्न अंग पनि बनाइने चलन छ। केराको गुदीमाजस्तै बोक्रामा पनि पोटासियम, म्याग्नेसियम,फाइबर र ट्राइप्टोफान पाइन्छ। बोक्रामा गुदीमा भन्दा बढी फाइबर पाइन्छ। यसमा दृष्टि सुधार्ने लुटिन् भन्ने एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जसले आँखालाई विकिरणबाट बचाउँछ ।

केराबारे केही रोचक तथ्य
–केरा विश्वमा उपभोग गरिने लोकप्रिय फलफुलमा एक नम्बरमा पर्छ। इतिहास्विद्का अनुसार इशापूर्व ८००० तिर न्युगिनीमा केराखेति गरेको प्रमाण भेटिएको छ ।–केरा विशेषगरी, अफ्रिकाका उष्ण र उपोष्ण क्षेत्रकासाथै एशिया, अमेरिका, क्यानरि आइल्याण्ड र अष्ट्रेलियामा उत्पादन गरिन्छ ।– विश्वभरमा केराका ५० प्रजातिमात्र पहिचान गरिएका छन् ।–जंगली केरा दक्षिणपूर्वी एशियामा पाइन्छ, तर, यसमा हुने कडा खालका बियाँका कारण यो मानिसले खाँदैंनन् ।–भारत केरा खेतिका लागि विश्वप्रसिद्ध छ । विश्वको कूल केरा उत्पादनमध्ये भारतले २३ प्रतिशत केरा उत्पादन गर्छ ।–सन् १९२३ मा ‘यस वि हायभ नो बनाना ९हो, हामीसंग केरा छैन० शीर्षकको गीत हजारौं प्रति बिक्री भएर रेकर्ड कायम गरेको थियो।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech