१२९ विद्यार्थीको स्वास्थ्य बीमा

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०७९, सोमबार

नेपालगन्जः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १ सय २९ विद्यार्थीको स्वास्थ्य बीमा गरेको छ । शिक्षण अस्पतालका अनुसार विद्यार्थीसहित २ सय ७७ जना कर्मचारीको बीमा गरिएको हो ।

अस्पतालका अनुसार एमबीबीएस १५, बीफार्माका ८, बीएनएसका ११, बीएमएसका ६, बीपीएचका ३०, पीसीएल नर्सिङका ३६ र एचएका २३ विद्यार्थीको बीमा गरिएको छ । त्यस्तै, ५० शिक्षकको पनि स्वास्थ्य बीमा गरिएको अस्पताल निर्देशक रोकायाले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थी र उनीहरूका परिवारका सदस्यले पायक पर्ने सेवा प्रदायक अस्पतालबाट बीमा को सुविधा पाउँनेछन् ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech