स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाह प्रवल जनसेवा श्री पदकबाट सुशोभित

    • स्वास्थ्य पेज

  • १ बैशाख २०७९, बिहीबार

नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहलाई प्रवल जनसेवा श्री पदकबाट विभूषित गरिएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख शाहलाई उक्त पदकबाट विभूषित गर्नुभएको हो ।

गएको असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएपनि वितरण भने नयाँ वर्ष बैशाख १ गते गरिएको हो ।

शाहले लुम्बिनी र कर्णालीका विभिन्न जिल्लामा बसेर स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

  • १ बैशाख २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech