डा राजन पाण्डे सुप्रवल जन सेवा श्री पदकबाट सुशोभित

    • स्वास्थ्य पेज

  • १ बैशाख २०७९, बिहीबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेलाई सुप्रवल जन सेवा श्री पदकबाट सुशोभित गरिएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा पाण्डेलाई उक्त पदकबाट सुशोभित गर्नुभएको हो ।

गएको असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएपनि वितरण भने नयाँ वर्ष बैशाख १ गते गरिएको हो ।

डा पाण्डेले सिकलसेल एनिमिया रोगको खोज अनुसन्धान र उपचारमा महत्वपूर्ण भूमिका निभाउनुभएको छ ।

पछिल्लो पटक उहाँ कोरोना महामारीको उपचार, अनुसन्धान तथा पोलेसी मेकरकैरुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यसअघि डा पाण्डेलाई २०७३ सालमा प्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो ।
बारबरा फाउण्डेसनले पनि गएको साउनमा डा पाण्डेलाई पुरष्कृत गरेको थियो ।

सुप्रवल जन सेवा श्री पदकबाट सुशोभित भइसकेपछि डा पाण्डेले यो पदक यसक्षेत्रबासी र भेरी अस्पताल परिवारको माया र सद्भावप्रतिको समर्पण रहेको बताउनुभयो । उहाँले राज्यले प्रदान गर्ने यस्ता पदकहरुले पेशागत जिवनमा उर्जा थप्ने र कार्यप्रति थप जिम्मेवार बनाउने बताउनुभयो ।

  • १ बैशाख २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech