फर्केर हेर्दा २०७८: कोरोना महामारीमै रुमलियो बाँके

    • स्वास्थ्य पेज

  • १ बैशाख २०७९, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः २०७७ र ७८ दुवै वर्ष बाँके कोरोना भाइरस महामारीमै वितेको छ । पहिलो र दोस्रो लहरमा कोरोनाको हटस्पट बनेको बाँकेमा चिकित्सक तथा नर्समाथि भएको आक्रमणले पनि देशकै ध्यान खिच्यो ।

कोरोनाको पहिलो र दोस्रो लहरमा धेरै प्रभावित जिल्लामध्ये बाँके पनि एक हो । २०७८ सालको सुरुवातमै कोरोना भाइरस महामारीको दोस्रो लहरले बाँके निकै आक्रान्त बन्यो । नयाँ बर्षको सुरुवातसँगै करिव ६ महिनासम्म कोरोना महामारीले बाँकेको स्वास्थ्य संरचनालाई नै तहसनहस बनाइदियो ।

यहाँसम्मकी पहिलो लहरको कोरोना संक्रमणका बेला ६० बेडको भेरी अस्पताल कोभिड वार्ड १ सय ८० र कोहलपुरको शिक्षण अस्पताल ७० बेडमा विस्तार भएपनि संक्रमित विरामीको चापले अस्पताललाई थेक्नै मुश्किल प¥यो । ठाउँ नपुगेर बिरामीलाई स्ट्रेचरमै राखेर उपचार गर्नु पर्दाका ति दृष्य कहाली लाग्दा थिए ।

कोभिड अस्पतालमा अक्सिजन, औषधि र बेड अभावमा अस्पतालमा बाहिर विरामी छट्पटाईरहेका दृष्य भयानक देखिन्थे । अस्पतालभित्र नर्सहरू खान, सुत्न नभनी खट्नुपर्ने बाध्यतामा थिए । दोस्रो लहरमा एक हजारसम्म संक्रमित थपिए । दैैनिक १८ जनासम्मले ज्यान गुमाए । कोभिड अस्पतालमा व्यवस्थापनका लागि भेरी अस्पतालमा बाहिरबाट स्वास्थ्यकर्मी झिकाईयो । कोहलपुर मेडिकल कलेज समेत बाहिरबाट जनशक्ति ल्यायो ।

नेपालगन्ज राझा स्थित नेपाली सेनाको टुकुडी भेरी अस्पतालको फिल्डमा खटिएर काम ग¥यो । पश्चिम नेपालको सुविधासम्पन्न मानिएको भेरी अस्पताल बाँके, बर्दिया, दाङ, कर्णाली र सुदूरपश्चिम लगायत जिल्लाका सयौं कोरोना संक्रमित बिरामीको उपचारका भरोसाको केन्द्र बन्यो । नर्सहरू आराम गर्न नपाइ सुरक्षा सावधानीका लागि लगाएको ९पीपीई०सहित कुर्सी, बेन्चमा ढल्किरहेका तस्वीर सामाजिक सञ्जालमा छाइरहँदा उनीहरूप्रति सम्मानको भाव नजगाउने कोही थिएन । कैयौँ व्यक्तिले ज्यान बचाउन गरेको याचना, त्यसपछिका मृत्युका घटनाका कारण भने कोरोनाको दोस्रो लहर प्रायः नर्सहरू सम्झनै चाहान्नन् । पहिलोभन्दा दोस्रो चरणको लहरले भेरी अस्पतालको अवस्थालाई दयनीय नै बनाइदियो ।

दोस्रो महामारीमा खटिएर काम गर्दा निकै कष्टपूर्ण तरिकाले आफ्नो ज्यानको प्रवाह नगरि सेवा प्रवाह गरेको स्मरण नर्सहरुमा ताजै छ । बिरामीको चाप अस्पतालमा थेग्नै नसक्ने हुँदा भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था, बिरामीको आफन्तले बिरामीको ज्यान जोगाइदिनका लागि गर्ने बिलौना सम्झिँदा उहाँको मन अहिले पनि खिन्न हुन्छ । उपचारका क्रममा भेन्टिलेटरमा पुगेर बाँचेका बिरामी पनि छन् । निको भएर डिस्चार्ज भएका ती बिरामीले खुट्टै ढोगेर आभार प्रकट गरेको खुसी पनि उनीहरुसँग छ ।

कोरोना महामारीको बेला भेरी अस्पतालमा विरामीका आफन्तले चिकित्सक र नर्समाथि गरेको आक्रमणले देशभरीकै ध्यान खिच्यो । २०७८ साल जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनालाई लिएर उक्त वार्डमै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणपछि स्वास्थ्यकर्मीहरुको देशव्यापी आन्दोलनपछि सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेशनै जारी ग¥यो ।

दोस्रो लहरमा भेरी अस्पताल र मेडिकल कलेजमा उपचारका लागि आएकामध्ये सात सय जनाको कोरोनाका कारण मृत्यु भयो । अहिले भने अस्पतालमा कोरोनाका बिरामी छैनन् । अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको धपेडी पनि कम भएको छ । स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले कोरोना महामारीले आपत्तकालिन तयारी हुनै पर्ने पाठ सिकाएको बताउनुभयो ।

‘यस्ता महामारीले जुनसुकै बेलापनि आक्रमण गर्दो रहिछ उहाँले भन्नुभयो–‘कोरोना महामारीले स्वास्थ्य क्षेत्रको आकस्मिक पूर्वतयारीको अपरिहार्यरतालाई उजागरमात्र गरेन गतिलो पाठ पनि सिकायो ।’ कोरोनाको महामारीबाट बाँके अहिले तंग्रीदै गएको छ । कोरोनाविरुद्धको खोप लगाउनेक्रम अहिलेपनि चलिरहेको छ । ९० प्रतिशतबढीले खोपको पहिलोमात्रा पूरा गरेका छन् । खोपको मात्रा पूरा गर्ने लक्ष्ति समूह करिव ७० प्रतिशतको हाराहारीमा छ ।

  • १ बैशाख २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech