थप २६ जनामा कोरोना संक्रमण, ३७ जना निको

    • स्वास्थ्य पेज

  • २९ चैत्र २०७८, मंगलवार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको पीसीआर परीक्षण गर्दामा २३ जना र १ हजार २१२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जना निको भएका छन् भने हाल देशभर ५५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ५३१ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार १११ जना संक्रमणमुक्त भएका छन् ।

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech