कोरोना अपडेटः आज ६३४ थपिए, मृत्यु ९, डिस्चार्ज १३६

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७७, शनिबार

काठमाडौं ६ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयो। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ।

पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ । सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संखया १४६ पुगेको छ ।

  • ६ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech