एमाले निकट स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम, महासचिवमा पौडेल

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहनुभएका निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ।


    • स्वास्थ्य पेज

  • २७ चैत्र २०७८, आईतवार

नेपालगन्जः नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष तथा महासचिव लगायतका सबै पदमा सहमति भएको छ। संघको काठमाडौंमा जारी चौथो राष्ट्रिय महाधिवेशनले डा झलक शर्मा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्ने सहमति भएको हो।

सहमति भए पनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ।

संघको अध्यक्षमा डा गौतम र महासचिवमा डा सन्तोष पौडेलमा सहमति भएको हो। पार्टीको निर्देशन अनुसार अध्यक्ष र महासचिवमा सहमति भएको बताइएको छ।

डा झलक स्वास्थ्य सेवा विभाग अन्तर्गको शाखामा कार्यरत छन् भने डा सन्तोष ट्रमा सेन्टरमा कार्यरत रहनुभएको छ ।

महाधिवेशनले डा झलकको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। शुक्रबा र शनिबार भएको छलफलका आधारमा अन्य पदाधिकारी र सदस्यहरु समेत सहमतिमा ल्याउन सूची तयार पारिएको बताइएको छ।

सहमति अनुसार चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहनुभएको छ ।

१७ सदस्यीय पदाधिकारीहरुमध्ये २ उपमहासचिव पदमा हिमालय तिवारी र अमृता बरालकोएको एक सदस्यले जानकारी दिनुभयो ।

कोषाध्यक्षमा अञ्जु बस्नेतको नाममा सहमति भएको छ।

८ सदस्यीय सचिव पदमा प्रदेश नं १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट डा धर्मेन्द्र यादव, बागमती प्रदेशबाट नारायण पौडेल, गण्डकी प्रदेशबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदुरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसीको नाममा सहमति भएको छ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहनुभएका निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ।

लेखा आयोगको अध्यक्षको जिम्मेवारी त्रिलोक गुरुङ्गलाई दिने तयारी भएको छ।

यसैगरी सदस्यहरुको नाम केही समयपछि सार्वजनिक गरिने बताइएको छ।

कुल १५१ सदस्यीय नयाँ कार्यसमितिमा ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ।

  • २७ चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech