नेपालगन्जः नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा श्यामबाबु यादव निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न दशौँ राष्ट्रिय सम्मेलनबाट डा यादवको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा डा शंकर गौतम र महिला उपाध्यक्षमा ऐश्वर्य श्रेष्ठ, प्रादेशिक उपाध्यक्षमा प्रदेश १ बाट डा अभिषेक ताम्राकार, मधेस प्रदेशबाट डा सुजित यादव, बागमती प्रदेशबाट डा नदन कँडेल, गण्डकी प्रदेशबाट डा सरोज कुमार राय, लुम्बिनी प्रदेशबाट डा देवराज केसी, कर्णाली प्रदेशबाट डा शंकरप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट डा खगेन्द्र बहादुर बम निर्वाचित हुनुभएको छ ।
त्यस्तै महासचिव डा कोपिला अधिकारी, सचिवमा डा प्रेरक रेग्मी र कोषाध्यक्षमा डा शारदा खनाल निर्वाचित हुनुभयो । सदस्यहरुमा डा नरेन्द्र लामिछाने, डा कैलाश न्यौपाने, डा ऋषिकेशव भुसाल, डा राजकुमार साह, डा हरि खनाल, डा सुवर्ण पौडेल निर्वाचित हुनुभयो । सदस्यहरुमै जनजातितर्फ डा जिनेन्द्र श्रेष्ठ, मधेसीतर्फ डा दीपककुमार मण्डल, महिला तर्फ डा सरिता बजगाईं, दलिततर्फ डा कलावती विक निर्वाचित हुनुभयो।