नेपालगन्जः नोवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादवको मृत्यु भएको छ ।
सप्तरीको राजविराज घर भएका र तीन वर्षयता विराटनगरस्थित नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव शनिबार बिहान मृत भेटिनुभएको हो ।
नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो।
२८ वर्षका डा यादवले बंगलादेशबाट एमबिबिएस गरेका हुन्।