नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा आइसीयू वार्डमा बेड बृद्धि गरिएको छ । ६ वटा बेडमा सीमित रहेको आइसीयू कक्षलाई १५ बेडमा बृद्धि गरिएको हो ।
आइसीयू वार्डको आज एक कार्यक्रमकाबीच अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डा वीरेन्द्रबहादुर चन्दले उद्घाटन गर्नुभएको छ ।
रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विरामीहरु आउने गरेका छन् । अस्पतालले पर्सि आइतवारदेखि न्यूरोको सुविधा समेत थप्ने भएको छ ।
न्यूरो सर्जन डा जोशन न्यौपानेले न्यूरो सेवा दिनु हुने भएको छ । सरकारी अस्पतालमा न्यूरो सेवा सुरु हुने भएपछि आर्थिक अवस्था कमजोर भएका विरामीलाई ठूलो राहात मिल्ने भएको छ ।