बाँकेमा कोरोना संक्रमण दर शून्यतिर, सक्रिय संक्रमित एक जनामात्रै

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४७ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ११ जनाको नमुना जाँच गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा २७ जनाको नमुजा जाँच गर्दा २ जनामा गरी ४ जनामा कोभिड देखिएको हो ।

यस्तै बागेश्वरी ल्याबमा ९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९ सय ३५ पुगेको छ ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या एक रहेको छ ।

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech