जाजरकोटमा गर्भवतीको मृत्यु

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७८, मंगलवार

नेपालगन्जः जाजरकोटको शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ ।

सुत्केरी व्यथा लागेकी शिवालय गाउँपालिका–४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech