थपिए ५८ संक्रमित, निको भए १४८ जना

    • स्वास्थ्य पेज

  • ३० फाल्गुन २०७८, सोमबार

नेपालगन्जः देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको हो।

योसँगै देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित छन्।

१४८ जना संक्रमित निको समेत भएका छन्।

योसँगै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

  • ३० फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech